हेटौडा । कास्की र काठमाडौं उपराष्ट्रपति कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । हेटौडा आज भएको खेलमा काठमाडौंले आयोजक मकवानपुरलाई ३–० गोल अन्तरले पराजित गर्यो ।
त्यस्तै, रौतहटमा आजै भएको खेलमा कास्कीले रौतहटलाई ४–० को फराकिलो अन्तरले हरायो । त्यस्तै, बर्षाका कारण हिजो अवरुद्ध भएको सिन्धुपाल्चोक र बाँकेबीचको खेलमा सन्धुपाल्चोक २–१ गोल अन्तरले विजयी भयो ।
अब सेमिफाइनलमा सिन्धुपाल्चोकले ताप्लेजुङको सामना गर्नेछ ।