एजेन्सी । एसेज सिरिज अन्तर्गत अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । दोस्रो टेष्ट बराबरीमा सकिएसँगै पाँच खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।
लर्ड्समा टेष्टको पाँचौ तथा अन्तिम दिन अष्ट्रेलियाले जितका लागि ४८ ओभरमा २६७ रन बनाउनु पर्ने थियो । तर, अन्तिम दिनको खेल सकिदा अष्ट्रेलियाले ४७ ओभर ३ बलमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि दोस्रो इनिङ्समा मार्नुस लाबुसचाग्नेले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा टार्भिस हेडले अविजित ४२ रन बनाए । अष्ट्रेलियालाई सस्तैमा रोक्न डेब्यु खेलाडी जोफ्रा आर्चर र ज्याक लिचले ३/३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै २५८ रन बनाएको थियो । अष्ट्रेलियाले भने पहिलो इनिङ्समा अलआउट हुँदै २५० रन जोडेको थियो ।
घरेलु टोली इंग्ल्याण्डले दोस्रो इनिङ्समा २५८ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित रहदै ११५ रनको शतकीय इनिङ्स खेलेका थिए ।
अब अष्ट्रेलिया र इंग्ल्याण्डबीचको तेस्रो टेष्ट बिहिबार लिड्समा सुरु हुनेछ ।