एजेन्सी । इटालियन च्याम्पियन युभेन्ट्ससंग सम्झौता गर्न पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो टुरीन आईपुगेका छन् । युभेन्ट्सले आज अनुबन्ध सम्झौतासहित रोनाल्डोलाई सार्वजनिक गर्ने छ ।
रोनाल्डोलाई स्वागत गर्न टुरीन समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ । रोनाल्डोले मेडिकल गरिसकेका छन् । आजै उनले सम्झौता गर्ने बताईएको छ ।
पोर्चुगलका कप्तान रोनाल्डोलाई यसै साता १०५ मिलियन पाउण्डमा इटालियन क्लब युभेन्टसले क्लबमा भित्राएको हो । रोनाल्डोलाई क्लबले ७ नम्बरको जर्सी दिने बताइएको छ ।
रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका ३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् ।
रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।




