काठमाडौं । नेपालमा क्रिकेटको दुई दिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्ष सुरु भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा शुक्रबारबाट कोर्ष सुरु भएको हो ।
कोर्षमा नेपालका ५३ जना अम्पायर तथा स्कोररहरुको सहभागिता रहेको छ । कोर्षमा सहभागीलाई नेपालका अन्तराष्ट्रिय अम्पायरहरु विनय कुमार झा, बिद्धि बहादुर प्रधान र देवेन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए ।
कोर्षमा सहभागीहरुलाई विश्व क्रिकेटमा प्रयोग भएका नयाँ नियमसँगै पुराना नियमहरुको बारेमा जानकारी गराईने छ ।
कोर्षको उद्घाटन राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले गरेका थिए ।