एजेन्सी । इंग्ल्याण्डका बलर जोफ्रा आर्चरले टेष्ट क्रिकेटमा पहिलो विकेट हात पार्न सफल भएका छन् ।
अष्ट्रेलियाविरुद्धको एसेज सिरिज अन्तर्गत दोस्रो टेष्टमा डेब्यु गरेका आर्चरले शुक्रबार विकेट लिँदै टेष्ट क्रिकेटमा विकेटको खाता खोलेका हुन् ।
तीव्र गतिका बलर आर्चरले दोस्रो टेष्टको तेस्रो दिन अष्ट्रेलियाका क्यामरुन बानक्रोफ्टलाई १३ रनमा पेभेलियन फर्काउदै टेष्ट क्रिकेटमा विकेटको सुरुवात गरेका छन्।
पहिलो पटक इंग्ल्याण्डको टेष्ट टिममा परेका आर्चर अर्का बलर जेम्स एण्डरसनले चोट बोकेपछि प्लेईङ सेटमा परेका हुन् । एण्डरसनले पहिलो टेष्टको दौरान पिडुलाको चोट बोकेका थिए ।
एसेज सिरिजमा घरेलु टिम इंग्ल्याण्ड १-० ले पछि परेको छ । पहिलो टेष्टमा अष्ट्रेलिया २५१ रनले विजयी भएको थियो ।