एजेन्सी । वेस्ट ईन्डिजविरुद्वको वान डे सिरिज भारतले जितेको छ । तेस्रो वन डेमा वेस्ट ईन्डिजलाई ६ विकेटल हराउँदै भारतले सिरिज २–० ले जितेको हो । भारतले वेस्ट ईन्डिजमा लगातार चौथो सिरिज जितेको हो ।
वेस्ट ईन्डिजले पहिला ब्याटिङ गर्दै ३५ औ आभेरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । ओपनर क्रिस गेलले सर्वाधिक ७२ रन बनाएको ईनिङ्समा अर्का ओपनर ईभिन लुईसले ४३ रन बनाएका थिए ।
भारतका खालिल अहमेदले सर्वाधिक ३ विकेट लिएका थिए ।
डकवर्थ लुईसका आधारमा भारतले २ सय ५५ रनको लक्ष्य प्राप्त गरेको थियो ।
बर्षाका कारण खेल ३५ ओभरमा झारिएको थियो ।
भारतले ३२ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । कप्तान विराट कोहलीले लगातार दोस्रो खेलमा शतक प्रहार गरे । उनले करियरको ४३ औ शतक प्रहार गरेका थिए ।
श्रेयस अयरले लगातार दोस्रो म्याचमा अर्धशतक प्रहार गर्दै ६५ रन बनाए । कोहलीलाई म्याच अफ ली म्याच र म्यान अफ दी सिरिज प्रदान गरिएको थियो ।
सिरिज अन्तर्गत पहिलो खेल बर्षाका कारण रद्व भएको थियो । दोस्रो खेलमा भारतले डकवर्थ लुईसका आधारमा ५९ रनले हराएको थियो । भारतले वेस्टविरुद्वको पछिल्ला पाँच भिडन्तमा जित निकाल्न सफल भएको छ ।
वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतले दुई म्याचको टेष्ट सिरिज खेल्नेछ । उसले यसअघि टी–ट्वान्टी सिरिज क्लिनस्वीप गरेको थियो ।