एजेन्सी । क्रिकेट बलमा अब माइक्रोचिप राखिने भएको छ ।
अष्ट्रेलियाको क्रिकेट बल निर्माण कम्पनि काकाबुराले बलमा माइक्रोचिप राखेर बल निर्माण गरिरहेको छ । उक्त बलको नाम 'द स्मार्ट बल' राखिएको छ ।
अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा आउने सिजनबाट यसको प्रयोग गरिने सम्भावना बलियो रहेको छ । यस बिषयमा बल निर्माण कम्पनि काकाबुरा समेत सकारात्मक देखिएको छ । काकाबुराले यो बलको प्रयोग टेष्ट क्रिकेटमा गराउन चाहेको बताएको छ ।
बलमा माइक्रोचिप प्रयोग गरिएपछि बलरले बल फाल्दा छुट्ने समयको गति, बल बाउन्स हुनुभन्दा अघिको गति र बाउन्स पछिको गति नाप्न मद्दत गर्छ । यसले लाइभ ब्रोड्कास्रट र समर्थकलाई थप रोमाञ्चक बनाउने विश्वास गरिएको छ ।
यसले स्पिन बलरले गराउने बलिङ क्रान्तिहरूको संख्या समेत मापन गर्नेछ । साथै यसले थर्ड अम्पाएरको लागि डीआरएसको निर्णयलिन ठुलो मद्दत पुग्ने छ ।
स्मार्ट बलले अभ्यासमा समेत ठुलो मद्दत पुर्याउने छ । यसले जडित माइक्रोचिपले प्रशिक्षकलाई खेलाडीको कमजोरी सजिलै पता लगाउन सकिने बताइएको छ । स्मार्ट बल सामान्य बल जस्तै हुने भएकाले खेलमा कुनै असर नपर्ने बताइएको छ ।