काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको फाइनलमा अहिले नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी रहेको टिम वेनिपेग हक्स र भ्यानकुभर नाइट्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
सिएए क्रिकेट मैदानमा नाइट्सले टस जितेर पहिले बलिङ गरिरहेको छ । सोमपालको टिम हक्सले अहिले ब्याटिङ गरिरहेको छ ।
तर, हक्सले फाइनलमा नेपाली अलराउण्डर सोमपाललाई बेञ्चमा राखेको छ । डेब्यु खेलमा उच्च प्रदर्शन गर्न नसकेपछि सोमपाल टिम बाहिर रहदै आएका छन् ।
आज दुवै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।
सोमपालको टिम हक्सले दोस्रो क्वालिफायरमा ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यस्तै नाइट्सले पहिलो क्वालिफायरमा वुल्भ्सलाई नै ७७ रनले हराएको थियो ।