काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ६ फर्म्याटको क्रिकेटलाई मान्यता दिएको छ । जसमा टेष्ट, एकदिवसीय, टी-ट्वान्टी अन्तराष्ट्रिय, टी-ट्वान्टी, लिस्ट 'ए' र फस्ट क्लास क्रिकेट रहेको छ ।
नेपालले हालसम्म ५ फर्म्याटको क्रिकेट खेलेको छ । एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको नेपालले टेष्ट बाहेक सबै खाले क्रिकेट खेलेको छ । २३ वर्षे क्रिकेट इतिहासमा नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो भने सन् २०१४ मा पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सहभागिता जनाएको थियो ।
कदिवसीय अन्तराष्ट्रिय र टी-ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाउनु अघि नेपालले टी-ट्वान्टी, एकदिवसीय,लिस्ट 'ए' र फस्ट क्लास खेल खेल्दै आएको थियो । नेपालले सन् २००४ देखि २००५ सम्म फस्ट क्लास क्रिकेट खेल्ने मौका पाएको थियो । नेपाल आईसीसी इन्टरकन्टिनेन्टल कप खेलेको त्यो नै एक मात्र फस्ट क्लास क्रिकेट हो । यस बाहेक नेपालले सन् २०१४ देखि लिस्ट 'ए' र टी ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्न थालेको हो ।
नेपालले हालसम्म ५ फर्म्याटको क्रिकेट खेलेको छ तर पाँच वटै फर्म्याटको क्रिकेट खेल्ने खेलाडी भने निकै कम रहेको छ । नेपालमा हालसम्म पाँच वटै फर्म्याटको क्रिकेट खेल्ने खेलाडी ४ जना मात्र रहेका छन् ।
पाँच वटै फर्म्याटको क्रिकेट खेल्ने चार खेलाडीको वर्णन तल गरिएको छ ।
१. शक्ति गौचन
टेष्ट बाहेक पाँच वटै फर्म्याटको क्रिकेट खेल्ने नेपाली खेलाडीमा एक हुन शक्ति गौचन । शक्ति नेपाली क्रिकेटले पाएको एक अब्बल दर्जाका खेलाडी हुन् । तर, उमेर समूहबाटै सिनियर टिममा आएका शक्तिले अहिले सन्यास लिईसकेका छन् ।
शक्तिले नेपालका लागि ३१ टी-ट्वान्टी, ९ टी-ट्वान्टी अन्तराष्ट्रिय, २३ लिस्ट 'ए', १ एकदिवसीय अन्तराष्ट्रिय र ४ फस्ट क्लास क्रिकेट खेलेका छन् । शक्ति अन्तराष्ट्रिय क्रिकेटमा शतक र ह्याट्रिक लिने एक मात्र नेपाली खेलाडी हुन् ।
यस्तै लिस्ट 'ए' क्रिकेटमा शक्ति सर्वाधिक कम इकोनमि भएका बलर हुन् । उनले सन् २०१२ को लिग डिभिजन ४ अन्तर्गत मलेसियाविरुद्धको खेलमा १० ओभर बलिङ गर्दै ८ ओभर मेडेनका साथ २ रन खर्चेर ३ विकेट हात पारेका थिए जुन लिस्ट 'ए' खेलको विश्व किर्तिमान समेत हो ।
एकदिवसीय अन्तराष्ट्रिय डेब्यु : सन् २०१८, नेदरल्याण्डसविरद्ध
टी-ट्वान्टी डेब्यु : सन् २०१२, हङकङविरुद्ध
टी-ट्वान्टी अन्तराष्ट्रिय डेब्यु : सन् २०१४, हङकङविरुद्ध
लिस्ट 'ए' डेब्यु : सन् २०१४, युएईविरुद्ध
फस्ट क्लास डेब्यु : सन् २००४, युएईविरुद्ध
२. शरद भेषवाकर
शरद नेपाली क्रिकेटका भरपर्दा मध्य क्रमका ब्याट्सम्यान हुन् । र, नेपालबाट टेष्ट बाहेक पाँच वटै फर्म्याटको क्रिकेट खेल्ने खेलाडीमा शरद पनि पर्ने गर्छन् ।
नेपाली टोलीको नियमित सदस्य शरदले नेपालका लागि ४० टी-ट्वान्टी, १७ टी-ट्वान्टी अन्तराष्ट्रिय, ३२ लिस्ट 'ए', १ एकदिवसीय अन्तराष्ट्रिय र ४ फस्ट क्लास क्रिकेट खेलेका छन् ।
एकदिवसीय अन्तराष्ट्रिय डेब्यु : सन् २०१८, नेदरल्याण्डसविरद्ध
टी-ट्वान्टी डेब्यु : सन् २०१२, हङकङविरुद्ध
टी-ट्वान्टी अन्तराष्ट्रिय डेब्यु : सन् २०१४, हङकङविरुद्ध
लिस्ट 'ए' डेब्यु : सन् २०१४, युएईविरुद्ध
फस्ट क्लास डेब्यु : सन् २००४, युएईविरुद्ध
३. पारस खड्का
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपालबाट टेष्ट बाहेक सबै खाले फर्म्याटको क्रिकेट खेलिसकेका छन् । नेपाली क्रिकेट एक खम्बाको रुपमा रहेका पारस नेपाली क्रिकेटले पाएको ठुला सफलताका नायक जस्तै हुन् ।
कप्तान पारसले नेपालका लागि ४३ टी-ट्वान्टी, २० टी-ट्वान्टी अन्तराष्ट्रिय, ४० लिस्ट 'ए', ६ एकदिवसीय अन्तराष्ट्रिय र २ फस्ट क्लास क्रिकेट खेलेका छन् ।
एकदिवसीय अन्तराष्ट्रिय डेब्यु : सन् २०१८, नेदरल्याण्डसविरद्ध
टी-ट्वान्टी डेब्यु : सन् २०१२, हङकङविरुद्ध
टी-ट्वान्टी अन्तराष्ट्रिय डेब्यु : सन् २०१४, हङकङविरुद्ध
लिस्ट 'ए' डेब्यु : सन् २०१४, युएईविरुद्ध
फस्ट क्लास डेब्यु : सन् २००४, मलेसियाविरुद्ध
४. सोमपाल कामी
सोमपालले नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाएको धेरै भएको छैन । तर, सोमपालले छोटो समयमा नेपाली टिममा एक अलराउण्डरको रुपमा आफुलाई स्थापित गरेका छन् ।
यस्तै सोमपाल आईसीसीको टेष्ट बाहेक पाँच वटै फर्म्याटको क्रिकेट खेल्ने नेपाली थोरै खेलाडीको सूचीमा पर्छन् । सोमपालले नेपालका लागि २६ टी-ट्वान्टी, २१ टी-ट्वान्टी अन्तराष्ट्रिय, ४३ लिस्ट 'ए' र ६ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् ।
उनले श्रीलंकामा एआइए प्रिमियर लिगमा २ फस्ट क्लास क्रिकेट खेलेका छन् । विदेशी लिगको लिस्ट 'ए' क्रिकेट खेल्ने सोमपाल एक्ला नेपाली खेलाडी हुन् ।
एकदिवसीय अन्तराष्ट्रिय डेब्यु : सन् २०१८, नेदरल्याण्डसविरद्ध
टी-ट्वान्टी डेब्यु : सन् २०१२ हङकङविरुद्ध
टी-ट्वान्टी अन्तराष्ट्रिय डेब्यु : सन् २०१४, हङकङविरुद्ध
लिस्ट 'ए' डेब्यु : सन् २०१४, युएईविरुद्ध
फस्ट क्लास डेब्यु : सन् २०१५, कोलोम्बो क्रिकेट क्लबविरुद्ध