काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज (आइतबार) राति हुँदैछ ।
फाइनलमा नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी रहेको टिम वेनिपेग होक्स र भ्यानकुभर नाइट्सबीच प्रतिस्पर्धा हुनेछ ।
सिएए क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।
सोमपालको टिम वुल्भ्सले दोस्रो क्वालिफायरमा ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यस्तै नाइट्सले पहिलो क्वालिफायरमा वुल्भ्सलाई नै ७७ रनले हराएको थियो ।
होक्स र नाइट्सबीचको पछिल्लो चार खेलमा नाइट्स बालियो देखिएको छ । जसमा नाइट्सले २ खेल जितेको छ । एक खेल होक्सले जितेको छ भने एक खेल नतिजाविहीन भएको छ ।
यस सिजनको पहिलो भेटमा होक्सले नाइट्सलाई ७ विकेटले हराएको थियो । दोस्रो भेट भने वर्षाको कारण नतिजाविहीन बनेको थियो ।
तर, होक्सले फाइनलमा नेपाली अलराउण्डर सोमपाललाई मैदान उतार्ने सम्भावना निकै कम रहेको छ । डेब्यु खेलमा उच्च प्रदर्शन गर्न नसकेपछि सोमपाल टिम बाहिर रहदै आएका छन् ।