काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा अहिले नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी रहेको टिम वेनिपेग होक्सले ब्रामटन वुल्भसँग प्रतिस्पर्धा गर्दैछ ।
सिएए क्रिकेट मैदानमा वुल्भले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । तर,वुल्भविरुद्ध होक्सले सोमपाललाई प्लेईङ सेटमा राखेको छैन । डेब्यु खेलमा उच्च प्रदर्शन गर्न नसकेपछि सोमपाल टिम बाहिर रहदै आएका छन् ।
दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । विजेताले फाइनलमा भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।
इलिमिनेटरमा होक्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टोरन्टो नेसनल्सलाई डीएल पद्वतिका आधारमा २ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
यस्तै ब्रामटन वुल्भ पहिलो क्वालिफायरमा भ्यानकुभर नाइट्ससँग पराजित भएर पनि प्रतियोगिताको नियम अनुसार दोस्रो क्वालिफायर खेल्न पाएको हो ।