एजेन्सी । इंग्ल्याण्डमा जारी भिटालिटि ब्लास्ट टी-ट्वान्टी कप क्रिकेटमा समरसेटका बाबर आजमले शतक प्रहार गरेका छन् ।
शुक्रबार राति भएको समूह चरणको खेलमा ह्याम्पशायरविरुद्ध आजमले १ सय २ रनको शतकीय इनिङ्स खेलेका हुन् ।
टी-ट्वान्टी खेलमा आजमको यो नै सर्वाधिक उच्च स्कोर हो ।
समरसेटका लागि ओपनिङ ब्याटिङ गर्न आएका पाकिस्तानी आजमले अविजित रहदै ५५ बलमा ६ छक्का र ७ चौकाको मद्दतले १०२ रन बनाए ।
आजमको शतकीय इनिङ्समा समरसेटले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । उसका लागि कप्तान टम बेलले समेत ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
डिएल पद्दतिबाट १२ ओभर १ बलमा १३२ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा ह्याम्पशायरले मात्र ६९ रन बनाउन सक्यो । र,खेल समरसेटले ६३ रनको जित हात पार्यो ।
खेलमा म्यान अफ द म्याच बाबर आजम घोषित भए । आजम प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । उनले ८ इनिङ्समा ४ सय २५ रन बनाएका छन् ।