काठमाडौं । ग्लोबल टी–ट्वान्टी अन्तर्गत पहिलो ईलिमिनेटर खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।
अर्का नेपाली खेलाडी सोमपाल कामीको टिम विन्निपेग होक्सविरुद्वको खेलमा टोरन्टो नेसनल्सका सन्दीपले दुई विकेट लिएका हुन् ।
चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारे ।
पहिला ब्याटिङ गरेको सन्दीपको टिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।
दुवै टिम इलिमिनेटरमा जित निकाल्दै दोस्रो क्वालिफायर पुग्ने लक्ष्यमा हुनेछन् । विजेताले दोस्रो क्वालिफायरमा बनाउने छन् ।र, फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नेछ । पराजित हुने टिम बाहिरिने छ ।