काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटमा आज राती नेपाली राष्ट्रिय टिमका दुई सदस्य सन्दीप लामिछाने र सोमपाल कामी रहेको टिमले प्रतिस्पर्धा गर्दैछ ।
ग्लोबल टी–ट्वान्टी अन्तर्गत इलिमिनेटरमा सन्दीपको टोरन्टो नेसनल्स र सोमपालको वेनिपेग होक्सबीच खेल हुनेछ । सिएए क्रिकेट मैदानमा दुई टोलीबीचको खेल समय अनुसार राति २:१५ मा सुरु हुनेछ ।
टोरन्टो लिग चरणमा तेस्रो र होक्स चौंथो स्थानमा रहेर प्ले अफमा पुगेका हुन् ।
दुवै टिम इलिमिनेटरमा जित निकाल्दै दोस्रो क्वालिफायर पुग्ने लक्ष्यमा हुनेछन् । विजेताले दोस्रो क्वालिफायरमा बनाउने छन् ।र, फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नेछ । पराजित हुने टिम बाहिरिने छ ।
पहिलो क्वालिफायरमा ब्रामटन वुल्भ र भ्यानकुभर नाइट्सबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ । विजेता सिधै फाइनलमा पुग्नेछ ।