काठमाडौं। ताप्लेजुङ, कैलाली र मोरङ्गले उपराष्ट्रपति राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।
हेटौडामा आइतबार भएको खेलमा कैलालीले धनकुटालाई १–० गोल अन्तले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । हेटौडामै तय भएको दोस्रो खेल भने बर्षाको कारण स्थगित भएको छ । बाकेँ र सिन्धुपाल्चोकबीचको उक्त खेल सोमबार हुनेछ ।
प्रतियोगिता अन्तर्गत रौतहटमा आइतबारनै भएको पहिलो खेलमा ताप्लेजुङले झापालाई १–० गोल अन्तरले पराजित गर्दैे सेमिफाइनलको टिकट काटेको छ । यस्तै दोस्रो खेलमा मोरङ्गले सिन्धुपाल्चोकलाई १–० गोल अन्तरले हराएर अन्तिम चारको यात्रा तय गरेको छ ।
अब सेमिफाइनलमा कैलालीले बाँके र सिन्धुपाल्चोकबीचको विजेतासँग खेल्नेछ । ताप्लेजुङले मोरङ्गको सामाना गर्नेछ ।