एजेन्सी । श्रीलंकाले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक चण्डिका हथुरुसिंघालाई निलम्बन गरेको छ ।
न्युजिल्याण्डसँगको सिरिजअघि श्रीलंकाले मुख्य प्रशिक्षक हथुरुसिंघालाई निलम्बन गरेको हो । तर, श्रीलंका क्रिकेट बोर्डले उनलाई निलम्बन गर्नु कारण बताएको छैन ।
'न्युजिल्याण्ड भ्रमणमा हथुरुसिंघा संग्लग्न हुने छैनन्,' श्रीलंका क्रिकेटका प्रमुख शाम्मी सिल्भाले भने, 'हामी पुरा विवरण दिन सक्दैनौं । किनकि यो कानुनी मुद्दा हुनसक्छ ।'
श्रीलंकाले सुरुवातमा न्युजिल्याण्डसँग २ खेलको टेष्ट सिरिज खेल्ने छ । गल्लेमा हुने टेष्टको पहिलो खेल आगामी बुधबार सुरु हुनेछ ।
हथुरुसिंघालाई निलम्बन गर्दै श्रीलंकाले रमेश रत्ननायकेलाई अन्तरिम प्रशिक्षक चयन गरेको छ ।
श्रीलंकाका पूर्व क्रिकेटर रत्ननायकेले २३ टेष्ट र ७० एकदिवसीय क्रिकेट खेलेका थिए । रत्ननायकेले यसअघि श्रीलंकाको बलिङ प्रशिक्षक भएर काम गरिसकेका छन् ।