सर्लाही । विभागीय टिम पुलिस सर्लाहीमा जारी लालबन्दी गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । मोफसलको टोली रमपम झापा ११ लाई पराजित गर्दै पुलिसले उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो सेमिफाईनलको खेलमा पुलिसले झापालाई १–० गोल अन्तरले पराजित ग¥यो । पुलिसको जितमा युवा स्ट्राईकर रवि पासवानको गोल निर्णायक बन्यो ।
गत हप्तामात्र पुलिसले नुवाकोट गोल्डकपको उपाधि उचालेको थियो ।