एजेन्सी । वेष्ट इण्डिजका अलराउण्डर केइरन पोलार्डलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) जरिवाना गरेको छ ।
भारतविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा आईसीसीको नियम उलंघन गरेको भन्दै पोलार्डलाई कारबाही गरिएको हो ।
कारबाही स्वरुप पोलार्डलाई २० प्रतिशत म्याच फि जरिवाना र डिमेरिट अंक दिएको छ । पोलार्डले अम्पाएरको निर्णयमा पालना नगरेको कारण कारबाही गरिएको हो ।
खेल दौरान अम्पाएरलाई खेलाडी परिवर्तनको निम्ति धेरै पटक आह्वान गरेका थिए जब कि अम्पाएरले ओभर सकिन पर्ने बताएका थिए । तर, पोलार्डले अम्पाएको नियम मानेका थिएनन् ।
अमेरिकाको फ्लोरिडामा भएको तीन खेलको टी-ट्वान्टी सिरिज भारतले २-० ले जितिसकेको छ ।