एजेन्सी । न्युजिल्याण्डले ११ नम्बरको क्रिकेट जर्सी प्रयोग नगर्ने भएको छ ।
न्युजिल्याण्डले लिजेण्ड क्रिकेटर डेनियल भिट्टोरीको सम्मानमा ११ नम्बरको जर्सीलाई रिटायर्ड गरेको छ ।
न्युजिल्याण्ड क्रिकेट बोर्डले सोमबार सामाजिक संजालमार्फत भिट्टोरीको सम्मानमा उनले प्रयोग गर्ने जर्सी प्रयोग नगर्ने जनाएको हो । भिट्टोरीको जर्सी रिटायर्ड भएसंगै अब न्युजिल्याण्डको राष्ट्रिय टिममा ११ नम्बरको जर्सी प्रयोग हुने छैन ।
भिट्टोरीले न्युजिल्याण्डका लागि सर्वाधिक २९१ एकदिवसीय खेल खेलेका थिए । उनले सन् २००७ देखि २०११ सम्म न्युजिल्याण्डको कप्तानी गरेका थिए ।
टेष्ट क्रिकेटमा डेब्यु गर्ने भिट्टोरी न्युजिल्याण्डका सबै भन्दा कान्छा खेलाडी हुन् । १८ बर्षको उमेरमा टेष्ट डेब्यु गरेका उनले न्युजिल्याण्डका लागि सर्वाधिक ११२ टेष्ट खेलका छन् ।
बाँया हाते स्पिन बलिङ गर्ने उनले उत्कृष्ट फिगरमा विकेटका साथै तीन वटै फर्म्याटमा राम्रो रन बनाएका छन् । उनले २१ वर्षको उमेरमा १०० टेष्ट विकेट हात पारेका थिए जुन सबै भन्दा युवा खेलाडीले बनाएको कीर्तिमान हो ।
भिट्टोरीले टेष्टमा ४ हजार ५ सय ३१ रन बनाएका छन् भने ३६२ विकेट लिएका छन् । यस्तै एकदिवसीयमा २ हजार २ सय ५३ रन तथा ३०५ विकेट हात पारेका छन् ।
भिट्टोरीले ३४ टी-ट्वान्टीमा ३८ विकेट हात पारेका छन् । भिट्टोरी टेष्ट र एकदिवसीयमा ३०० विकेट हात पार्ने पहिलो बाँया हाते स्पिनर हुन् ।