एजेन्सी । भारतका स्टार ब्याट्सम्यान रोहित शर्माले अन्तराष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका छन् ।
आईतबार वेस्ट ईन्डिजविरुद्वको खेलमा दुई छकका प्रहार गर्दै उनले वेस्ट ईन्डिजका क्रिस गेलको सार्वधिक छक्काको कीर्तिमान भंग गरेका हुन् ।
आफ्नो ९६ औ म्याच खेलेका रोहितले टी–२० अन्तराष्ट्रिय खेलमा वेस्ट ईन्डिजका गेललाई पछाडी छाडेका हुन् । रोहितको नाममा ९६ खेलमा कुल १ सय ७ छक्का भएको छ । गेलले ५८ खेलमा १ सय ५ छक्का प्रहार गरेका थिए । सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो नम्बरमा न्युजिल्याण्डका मार्टिन गुप्टिल रहेका छन् ।
गुप्टिलले ७६ औ खेलमा १ सय ३ छक्का प्रहार गरेका छन् । रोहितले वेस्ट ईन्डिजविरुद्व दोस्रो टी–ट्वान्टी खेलमा ५१ ब्लमा ६७ रन बनाएका थिए । उनले आफ्नो इनिङ्समा ६ चौका र ३ छक्का प्रहार गरेका थिए ।
रोहितको नाममा टी–२० खेलमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान समेत बनेको छ । उनले न्युजिल्याण्डका कोलिन मुनरोको ३ शतकको कीर्तिमान समेत भंग गरेका छन् । मुनरोले टी–ट्वान्टीमा ९२ छक्का प्रहार गरेका छन् ।
रोहितको नाममा टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने रेकर्ड समेत बनेको छ । यस फम्र्याटमा २४ सय भन्दा धेरै रन बनाउने रोहित पहिलो क्रिकेटर बनेका छन् । उनले ९६ खेलमा ८८ ईनिङ्समा औसतमा कुल २४ सय २२ रन बनाएका छन् ।
रोहितले अहिलेसम्म चार शतक र १७ अर्धशतक प्रहार गरेका छन् । गेल भारतविरुद्वको टी–ट्वान्टी सिरिजमा अनुपस्थित छन् । उनी अहिले आराम गरिरहेका छन् । उनले भारतसंग करियरकै अन्तिम वान डे सिरिज खेल्न जादैछन् ।