एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मैत्रीपूर्ण क्लब फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले नेसनल लिग क्लब बोरेहम वुड एफसीलाई ८ – ० ले हराएको हो ।
इन्ग्लिश प्रिमियर लिग अघिको प्रि सिजन तयारीमा रहेको आर्सनललाई फराकिलो जित दिलाउन पियर एम्रिक अबामेयाङले ह्याट्रिक गरे । अबामेयाङले पहिलो हाफको १० मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए ।
यस्तै आर्सनलको लागि थप गोल एलेक्जेन्डर लाकजेट्स, नेल्सन, इडवार्ड, जेफ एडिलेट र हेन्रिक मिखीटेरियनले समान एक एक गोल गरे ।