काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टोरन्टो नेसनल्सले क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटमा शनिबार (आज) ब्राम्पटन वुल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
टोरन्टो र वुल्भ्सबीचको खेल सिएए क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सन्दीपको टिम टोरन्टो ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ । टोरन्टो दोस्रो जितको खोजीमा रहेको छ ।
टोरन्टोको ३ खेल सकिदा सन्दीप प्लेईङ सेटमा पर्न सकेका छैनन् । वुल्भ्सविरुद्धको खेलमा सन्दीपले मौका पाउने सम्भावना रहेको छ ।
वुल्भ्स अपराजित रहेको छ । शीर्ष स्थानमा रहेको वुल्भ्सको ६ अंक रहेको छ ।