एजेन्सी । बहुचर्चित टेष्ट सिरिज 'एसेज सिरिज' अन्तर्गतको पहिलो टेष्टमा इंग्ल्याण्डका रोरी ब्रुन्सले शतक बनाएका छन् ।
इंग्ल्याण्डको एज्बास्टनमा शुक्रबार पहिलो इनिङ्समा इंग्ल्याण्डका ब्रुन्सले शतक बनाएका हुन् । ब्रुन्सले १२४ बलमा १०० रन पुरा गरेका हुन् ।
ब्रुन्सको यो पहिलो टेष्ट शतक हो । यस्तै ब्रुन्सले एसेजको डेब्यु खेलमै शतक बनाएका छन् ।
१० रनको स्थितिबाट दोसो दिनको ब्याटिङ थालेको इंग्ल्याण्डले ब्रुन्सको शतकसँगै मजबुद प्रदर्शन गरिरहेको छ । इंग्ल्याण्डले ७३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ ।
इंग्ल्याण्डका ब्रुन्स शतक बनाएर अविजित रहेका छन् । उनलाई बेन स्टोक्सले साथ दिइरहेका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा अलआउट हुँदै २८४ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले १४४ रनको योगदान दिए । दक्षिण अफ्रीकाविरुद्धको खेलमा बेल टेम्परिङको आरोपमा एक बर्षे प्रतिबन्धपछि पहिलो टेष्ट खेलेका स्मिथले पहिलो खेलमै शतक बनाएका हुन् ।
यस्तै पिटर सिड्लेले ४४ तथा टिम हेडले ३५ रन जोडे । इंग्ल्याण्डका स्टुवार्ड वोर्डले ५ विकेट लिए । क्रिस वोक्सको नाममा ३ विकेट रह्यो ।