काठमाडौं । गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा देवेन्द्र प्रजु निर्वाचित भएका छन् ।
कास्कीको पोखरामा शुक्रबार सम्पन्न साधारणसभाले प्रजुको अध्यक्षतामा १३ सदसीय कार्यसमित चयन गरेको हो । सबै कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
यस्तै संघको उपाध्यक्षमा दिपक पोख्रेल, सचिवमा सुमन राज कार्की र कोषाध्यक्षमा प्रकाश पौडेल चुनिएका छन् ।
संघको सदस्यमा दिवाकर थापा,अर्जुन कुमार श्रेष्ठ, विमल मान गुभाजु, इन्द्र सिग्देल, ऋषिराम गौतम,संजय कान्त सिग्देल,सुमन पण्डित,अतिश कुमार खड्का र अर्जुन कुमार थापा रहेका छन् ।