काठमाडौं । नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको घाँस काट्ने भएका छन् ।
सम्बन्धित निकायले ध्यान नदिदा अन्तराष्ट्रिय खेल खेल्न मिल्ने नेपालको एक मात्र मैदान खेल्न र अभ्यास गर्न नमिल्ने अवस्थामा पुगेपछि एनसीएसएसले मैदानको घाँस काट्न लागेका हुन् । एनसीएसएसले शनिबार बिहान मैदान पुगेर मैदानको घाँस र सरसफाई गर्ने जनाएको छ ।
एनसीएसएसको आधिकारिक सामाजिक संजाल फेसबुक मार्फत अधक्ष्य बिराज घिमिरेले एक सूचना जारि गर्दै सबै क्रिकेट समर्थकलाई उपस्थितिका लागि आव्ह्वान गरेका छन् ।
'नेपाली क्रिकेटको मन्दिर कै रुपमा रहेको अत्यन्त नाजुक अवस्थामा रहेको तपाइहरुलाई थाहा नै छ । मैदान भित्र र बाहिरको 'जङ्गल' फडानी र सरसफाई गर्न अति आवश्यक रहेको छ। मैदानको दुरावस्थाले यू-१९ टिमको क्याम्प संचालन हुन सकेको छैन,' अध्यक्ष घिमिरेले जारी गरेको सूचनामा भनिएको छ, 'आम समर्थकहरुको प्रतिनिधि संस्था एनसीएसएसले टियु मैदान सरसफाई अभियान संचालन गर्ने निर्णय गरेको छ ।'
मैदानमा उम्रिएको घाँसको कारण खेलाडीहरु इन्डोर हलमा मात्र अभ्यास गरेर फर्कने गरेका छन् । नेटमा अभ्यास गर्ने अवस्था समेत रहेको छैन ।
यस्तै नजिकिदै गरेको यू-१९ एसिया कपको तयारी प्रभावित हुने देखिएको छ ।
राष्ट्रिय खेलकुद परिषदले मैदान व्यवस्थित बनाउन आवश्यक सामाग्रीहरु उपलब्ध नगराउदा मैदान यो अवस्था पुगेको टियु क्रिकेट मैदानको रेखदेखको जिम्मेवारी पाएका कर्मचारीहरु बताउँछन् ।
मैदानको घाँस काट्ने मेसिन बिग्रिएको, मैदानमा बिजुली उपलब्ध नभएको र मैदानको पिचको लागि आवश्यक पानी पनि नरहेको कर्मचारीहरु बताउछन् ।
यो पनि पढ्नुहोस्...
अपहेलित टियु मैदान !
बेबारिसे टियु क्रिकेट मैदान !
हेर्नुहोस् भिडियो !