काठमाडौं । हेटौडा र रौतहटमा जारी उपराष्ट्रपति राष्ट्रिय महिला फुटबल प्रतियोगितामा चार टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
शनिबार रौतहट, कास्की, मकवानपुर र काठमाडौंले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
हेटौडामा भएको पहिलो खेलमा काठमाडौंले उदयपुरलाई २–१ को झिनो अन्तरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । यस्तै अपरान्ह भएको खेलमा मकवानपुरले बर्दियालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्यो ।
रौतहटमा भएको पहिलो खेलमा कास्कीले सुनसरीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्यो । दोस्रो खेलमा आयोजक रौतहटले कन्चनपुरलाई १०–० को भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।