काठमाडौं । क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिगमा अहिले नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामी रहेको टिम विनिपेग होक्सले ब्राम्प्टन वुल्भ्सको सामना गर्दैछ ।
ब्राम्प्टनस्थित सीएए मैदानमा वुल्भ्सले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । वुल्भ्सले बलिङ रोजेपछि सोमपालको टिम होक्सले पहिले ब्याटिङ गर्नेछ ।
तर, वुल्भ्सविरुद्ध सोमपाल प्लेईङ सेटमा परेका छैनन् । बिदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली बनेका सोमपालले ग्लोबल टी-ट्वान्टीमा डेब्यु गर्न अझै कुर्नु पर्ने भएको छ ।
ब्राम्प्टन २ खेलमा २ जितका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने विनिपेग ३ खेलमा २ जित र १ हारका साथ तेस्रो स्थानमा रहेको छ ।