काठमाडौं । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सले आफ्ना खेलाडी साटेका छन् । मुम्बईका मायांक मार्खन्डेलाई दिल्लीले शेरफेन रुथरफोर्डसँग साटेको छ ।
भारतीय युवा लेग स्पिनर मार्खन्डेले सन् २०१८ को आईपीएलको सर्वाधिक विकेट लिने खेलाडी हुन् । तर,गत संस्करणमा मुम्बईले राहुल चहारलाई प्राथमिकतामा राखेपछि उनले कम मौका पाएका थिए ।
'मार्खन्डेको भविष्यको लागि शुभकामना दिन चाहान्छु,' मुम्बईका मालिक आकाश अम्बानीले भने, 'मार्खन्डे एक होनहार प्रतिभा भएका खेलाडी हुन् । उनको युवा अवस्थामा नै हामी प्रतिभा पहिचान गर्न सकेकोमा हामी भाग्यमानी ठान्छौं ।'
यस्तै अम्बानीले अर्का प्रतिभाशाली खेलाडी शेरफेनलाई भित्र्याउन पाउँदा खुशी लागेको बताए ।
'हाम्रो लागि यो निको कठिन फैसला थियो । तर, उनलाई रिलिज गर्ने पर्ने थियो । किनकि उनी अझै धेरै अघि बढेको हेर्न हामी चाहान्छौं । उनी सधैं मुम्बईको परिवार रहीरहने छन्,' अम्बानीले थपे, 'म आफ्नो परिवारमा एक अर्का प्रतिभाशाली खेलाडी शेरफेनलाई भित्र्याउन पाउँदा निकै खुसी छु ।'
नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने आबद्द दिल्लीमा गत सिजन लेग स्पिनरको खाँचो देखिएको थियो । दिल्लीमा मार्खन्डेको आगमनसंगै कागीसो राबडा र इशान्त शर्माको तिब्र गतिमा आक्रमणको गतिलो मिश्रण देख्न सकिने छ ।
मार्खन्डेको आगमनसंगै सन्दीपले मौका पाउने सम्भावना कम भएको छ ।