काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निरीक्षण गरे ।
सदस्य–सचिव नियुक्त भएपछि सिलवालले पहिलो पटक मैदानको निरीक्षण गरेका थिए । मैदानको निरिक्षण गर्दै सदस्य–सचिव सिलवालले पभेलियन, पिच, प्यारापिट, भीआईपी कक्ष, प्रेस कक्षलगायतका विषयमा जानकारी लिएका थिए ।
यस्तै सदस्य–सचिव सिलवालले त्यहाँ रहेका समस्याका बारेमा लिखित रुपमा परिषद्मा पेश गर्न र त्यसमा कार्यन्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तर, यतिबेला टियु मैदानमा एक खेलाडी गएर अभ्यास गर्न सक्ने अवस्था छैन । मैदानमा अहिले करिब एक फिट लामो घाँस उम्रिएको छ ।
घाँस काट्ने मेसिन बिग्रिएको कारण मैदानको घाँस काट्न नसकिएको मैदानका कर्मचारीहरुको भनाई छ । जसको कारण नेपाली यू-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण समेत प्रभावित हुने देखिएको छ ।
श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीले केहि दिनमा तयारी सुरु गर्ने योजना बनाएको छ । तर, टियु मैदानको कारण नेपाली टोलीले भारतमा तयारी गर्ने योजना बनाएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले टियु मैदान प्रशिक्षणका लागि योग्य नरहेको कारण भारतमा तयारी गर्न एसीसीसँग अनुमति मागेको खेलपाटीलाई बताए ।
फोटोमा हेर्नुहोस् टियु मैदान !