एजेन्सी । श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटका लागि भारतीय टोलीको घोषणा भएको छ ।
भारतले सोमबार ध्रुव चन्द जुरेलको कप्तानीमा १५ सदसीय टोलीको घोषणा गरेको हो । साबिकको विजेता भारतले नियमित यू-१९ टिमबाट ९ खेलाडी परिवर्तन गरेको छ ।
भारतको टिममा कप्तान जुरेलसहित सुभेद परकार, ठाकुर तिलक बर्मा, नेहाल वाधेरा, अर्जुन अजद, शाश्वत रावत, भरुन लाभाण्डे, सलिल अरोरा, करन लाल, अथर्भा अन्कोलेकार, पंकज यादब, आकाश सिंह, सुशान्त मिश्रा, पुर्नक त्यागी र विद्याधर पाटिल रहेका छन् ।
प्रतियोगितामा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता सेप्टेम्बर ३ देखि १५ सम्म श्रीलंकामा आयोजना हुनेछ ।
नेपाल यसै महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो ।