एजेन्सी । भारतीय क्रिकेट टिमका तीब्र गतिका बलर मोहमद शामीलाई अमेरिकी दुतावासले भिसा दिन अस्विकार गरेको छ ।
वेष्ट इण्डिजविरुद्ध सिरिज खेल्नका लागि दुतावासमा शामीले भिसाका लागि आवेदन दिँदा दुतावासले अस्विकार गरेको हो ।
भारतले अगष्टमा वेष्ट इण्डिजविरुद्ध ३ टी-ट्वान्टी, ३ एकदिवसीय र २ टेष्ट सिरिज खेल्नेछ । जसमा दुई टी-ट्वान्टी फ्लोरिडामा खेलिने छ ।
शामी टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि भारतीय टिममा परेपछी भिसाको लागि आवेदन दिएका थिए ।
भारतका मुख्य बलरका रुपमा रहेका शामीले भिसा नपाएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुतावासमा पत्र पठाएको थियो । बीसीसीआईको पत्रपछि भने दुतावासले शामीलाई भिसा दिएको छ ।
पुलिस रिपोर्टमा शामीले घरेलु हिंसा गरेको पाइएपछि दुतावासले उनलाई भिसा दिन अस्विकार गरेको थियो ।
'पुलिस रिपोर्ट पूर्ण नरहेको कारण उनको भिसा रोकिएको थियो,' बीसीसीआईका एक अधिकारीले भने, 'तर अहिले सबै कुरा मिलेको छ, जरुरी कागजात हामीले बुझाएका छौं र भिसा प्राप्त भएको छ ।'
बर्षको सुरुवातमा शामीको धर्मपत्नीले आफुलाई घरेलु हिंसा भएको भन्दै कोलकता पुलिसमा निवेदन दिएका थिए । जसको कारण दुवैको सम्बन्धविक्षेद भईसकेको छ ।
यसै कारण अमेरिकी दुतावासले शामीलाई भिसा दिन आनाकानी गरेको बताइएको छ ।