काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
सिंगापुरविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई ७ रनमा गुमाएको हो ।
नेपालले ८ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ६३ रन जोडको छ ।