काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
सिंगापुरविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको हो ।
यसअघि कप्तान पारस खड्का १२ रनमा आउट भएका थिए ।
नेपालले ७ ओभरको खेल सकिदा २ विकेट गुमाएर ५९ रन जोडको छ ।