काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । सिंगापुरविरुद्ध बलिङ गरिरहेको नेपाललाई चौंथो सफलता मिलेको छ ।
अविनास बोहोराले नेपाललाई तेस्रो र चौंथो सफलता दिलाए । अविनासले सिंगापुरका टिम डाभिडलाई ७७ रनमा आउट गरे । यस्तै सुर्यवंशीलाई सुन्य रनमा आउट गरे ।
खेलको १७ ओभरको खेल जारी रहदा सिगापुरले ४ विकेट गुमाएर १७४ रन जोडेको छ ।
नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई जित्नै पर्ने बाध्यता छ ।
सिंगापुर पनि नेपाललाई हराएर ग्लोबल छनोटमा पुग्न चाहन्छ ।