एजेन्सी । चेल्सीले सिरि ए क्लब नापोलीका मिडिफिल्डर जर्जिन्होलाई अनुबन्धन गरेको हो । इटालीका मिडफिल्डर समेत रहेका जर्जिन्होलाई ५७ मिलियन पाउण्डमा लण्डन क्लबले पाँच बर्षकालागि अनुबन्धन गरेको हो ।
उनले अब चेल्सीमा ५ नम्बरको जर्सी लगाउनेछन् । सन् १९९१ म ब्राजिलमा जन्मिएका जर्जिन्हो १५ बर्षको उमेर इटाली सरेका थिए । सन् २०१४ मा उनी नापोलीमा अनुबन्धन भएका थिए । लगत्तै उनले कोपा इटालिया र सुपरकोपा इटालिना जितेका थिए ।

नापोलीमा उनले १ सय ६० क्याप खेल्दै ६ गोल गर्दै १४ गोलको अवसर सिर्जना गरेका थिए । उनले इटालीको जर्सीमा ८ पटक मैदान उत्रिएका छन् । स्टामफोर्ड ब्रिज समाल्न आईपुगेका इटालियन प्रशिक्षक माउरिजियो सररीले पहिलो खेलाडीको रुपमा जर्जिन्होलाई अनुबन्धन गरेका हुन् ।
सम्झौता लगत्तै जर्जिन्होले क्लबसंगको अनुबन्धनले आफुलाई उत्साहित बनाएको बताएका छन् । ‘यति ठुलो क्लबको भाग हुन पाउनु निकै कठिन हुन्छ । म धेरै धेरै खुसी छु । म प्रिमियर लिग खेल्न निकै उत्साहित छु । म खेल्न र जित्नकालागि सबै शक्ति खर्चन तयार छु ।’ उनले भने ।