काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा कतारले मलेसियालाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको १४५ रनको लक्ष्य कतारले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कतारको जितमा नुमन सर्वारले ४७ रन्को योगदान दिए । यस्तै कम्रान खानले २७,तमोर साजदले २६ र क्वालान्दर खानले २५ रन बनाए । मलेसियाका भिरन्दिप सिंहले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १४४ रन बनाएको थियो ।
मलेसियाका लागि भिरन्दिप सिंहले ४९ रन बनाए । यस्तै शफिक सर्रिफले ३६ रन जोड्दा अहमेद फैजले २३ रन बनाए ।
कतारका इकबाल हुसेन र मोहमद नाडिमले ३/३ विकेट लिए ।
जितसँगै कतारले ४ खेलबाट ४ अंक जोडेको छ । र, कतार तेस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा उक्लिएपनि कतार ग्लोबल छनोटमा पुग्न सकेन् ।
मलेसियाले ४ खेलमा २ अंक जोडेको छ । मलेसिया पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।