काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई १ रनमा गुमाएको हो ।
यसअघि नेपालले दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ६८ रनमा गुमाएको थियो । ३२ बलमा अर्धशतक पुरा गरेका कप्तान पारस क्याच आउट भए ।
नेपालले १४ ओभरको खेल सकिदा ३ विकेट गुमाएर १२८ रन जोडको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
आज नेपाल कुवेतविरुद्ध स्पष्ट जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । किनकी विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ ।