काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।
ओपनरका रुपमा आएका कप्तान पारसले ३२ बलमा ५० रन पुरा गरेका हुन् ।
योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन पटक अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
यसअघि कप्तान पारसले नेदरल्याण्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए ।