एजेन्सी । इन्ग्लिश क्लब चेल्सीले इटालियन प्रशिक्षक माउरिजियो सररीलाई प्रशिक्षकमा नियुक्त गरेको छ । चेल्सीले सररीलाई ३ बर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।
इटालियन क्लब नापोलीका पुर्व प्रशिक्षक समेत रहेका सररीले एन्टोनियो कोन्टेको स्थान लिनेछन् । चेल्सीले कोन्टेलाई शुक्रबार बर्खास्त गरेको थियो ।
चेल्सीका प्रशिक्षक बनेपछि ५९ बर्षे सररीले नयाँ यात्राको लागि उत्साहित रहेको बताए ।
चेल्सीलाई रोमन इब्राहिमोभिकले सन् २००३ मा खरिद गरेपछि सररी क्लबको प्रशिक्षक बन्ने १३ औं प्रशिक्षक हुन् । उनले तीन सिजन नापोलीमा रहदा दुई सिजन क्लबलाई दोस्रो स्थान दिलाएका थिए ।