एजेन्सी । अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध हुने एसेस सिरिजका लागि टिमको घोषणा गरेको छ । अष्ट्रेलिया शुक्रबार एसेस सिरिजका लागि टिम पैनेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो ।
एसेस सिरिजका लागि अष्ट्रेलियाको टिममा बेल टेम्परिङको कारण प्रतिबन्धमा परेका क्यामरुन बेनक्रफ्ट अटाएका छन् ।
ओपनिङ ब्याट्सम्यान बेनक्रफ्ट ९ महिने प्रतिबन्धपछि पहिलो पटक टिममा अटाएका छन् । दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङको आरोपमा बेनक्रफ्ट ९ महिनाको प्रतिबन्धमा परेका थिए ।
यस्तै बल टेम्परिङको आरोपमा कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर पनि एक वर्षे प्रतिबन्धमा परेका थिए । स्मिथ र वार्नरले भने इंग्ल्याण्डक सम्पन्न एकदिवसीय विश्वकप खेलिसकेका छन् । तर, टेष्टमा भने तीनै जना पहिलो पटक खेल्दैछन् ।
अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको ५ खेलको टेष्ट सिरिज आगामी अगष्ट १ बाट उसैको घरेलु मैदान खेल्नेछ ।
'वार्नर, स्मिथ र बेनक्रफ्टले आफ्नो उत्कृष्ट लयका कारण सिरिजमा स्थान बनाएका छन्,' छनोट समितिका अध्यक्ष ट्रेभोर हन्सले भने, 'सन् २००१ देखि हामीले एसेस सिरिज इंग्ल्याण्डमा जितेका छैनौं तर यस खेलाडीले त्यो रेकर्ड तोड्दै सिरिज कब्जा गर्ने विश्वास लिएको छु ।'
अष्ट्रेलियाको टिममा कप्तान पैनसँगै क्यामरुन बेनक्रफ्ट, पाट्रिक कुमिन्स, मार्कुस हरिस, जोस हेजल्वुड, ट्राभिस हेड, उस्मान ख्वाजा, मार्नस लबुसचेन्ज, नाथन लायन, मिचेल मार्स, मिचेल नसिर, जेम्स प्याटिन्सन, प्योत्र सिडल , स्टिभ स्मिथ, डेभिड वार्नर, मिचेल स्टार्क र म्याथ्यु वेड रहेका छन् ।