एजेन्सी । पाकिस्तानका बलर मोहमद आमिरले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
तिब्र गतिका बलर आमीरले शुक्रबार टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । आमिरले छोटो फर्म्याटको क्रिकेटमा भने उपलब्ध हुने जनाएका छन् ।
'पाकिस्तानबाट पुरानो फर्म्याटको क्रिकेट खेल्न पाउँदा गौरवको अनुभव भएको छ । यद्दपी मैले लामो भर्सनको क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,' आमिरले भनेका छन् ।
२७ वर्षे आमीरले १७ बर्षकै उमेरमा टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले पाकिस्तानबाट ३६ टेष्टमा ११९ विकेट लिएका छन् ।