एजन्सी । पुर्व भारतीय क्रिकेटर तथा कप्तान सौरव गांगुलीले भारतीय क्रिकेट टिम चयनमा प्रश्न उठाएका छन् ।
सौरवले ट्वीट गर्दै भनेका छन्, अब समय आएको छ । भारतीय क्रिकेट टिमका चयनकर्ताको यस्ता खेलाडी चयन गर्न आवश्यक छ । जो हरेक समय फिट हुने गर्छ । जसले गर्दा खेल बनिरहोस, भरोसा बनि रहोस । कोही यस्ता खेलाडी छन्, जो हरेक फम्र्याटमा खेलिरहेका छन् । कुनैपनि राम्रो टिमका लागि खेलाडी तयारी अवस्थामा हुन् । यो सबैलाई खुसी पार्न नभएर देशका लागि सबै भन्दा राम्रो टिम छनोट गरोस ।’
गांगुलीले वेस्ट ईन्डिजविरुद्वको खेलमा भारतीय टिममा शुभमन गिल र आजिक्या रहाणेलाई छनोट नगर्ने निर्णयमा समेत प्रश्न गरेका छन् ।
‘टोलीमा धेरै खेलाडी यस्ता छन्, जो हरेक ढाचामा खेल्न सक्छन् । मलाई आश्चार्य लागेको छ । वन डे क्रिकेटको टिममा गिल र रहाणे छैनन् ।’ उनले भनेका छन् ।
विश्वकप क्रिकेटमा न्युजिल्याण्डसंग सेमिफाईनलमा पराजित भएपछि भारतीय टिम वेस्ट इन्डिजसंग टी–ट्वान्टी, वन डे र टेष्ट खेल्नेछ ।
अगष्ट ३ बाट सुरु हुने दौड तीन टी–ट्वान्टी ढाचाको खेल समेत खेलिनेछ । भ्रमणको क्रममा तीन वन डे र दुई टेष्ट म्याच खेलिनेछ ।
तीनै ढाचाको खेलमा कप्तान विराट कोहली कप्तान र रोहित शर्मा टी–ट्वान्टी र वन डेको उपकप्तान रहनेछन् । आजिक्या रहाणेलाई टेष्टको उपकप्तान दिने भएको छ ।