एजेन्सी । जब उनी ६ बर्षका थिए, उनको हजुर बुवालाई गोली हानेर हत्या गरियो । उनको परिवार युद्ध क्षेत्रमा शरणार्थी भएर बसेको थियो । उनी ग्रिनेटको विस्फोटबीच हुर्किए । प्रशिक्षक भन्ने गर्थे, फुटबल खेल्न उनी निकै कमजोर थिए । तर, उनै मोड्रिचले आफ्नो देश क्रोएसियालाई पहिलो पटक विश्वकप फुटबलको फाईनलमा पुर्राउन सफल भएका छन् ।
विश्वकपमा पहिलो पटक फाईनल पुगेपछि मस्कोको लुजनिकी रंगशालाको बाहिर उनका एक प्रशंसकले मेक्सिकन पत्रकारसंग कुरा गरेका थिए ।
जब फुटबल प्रशंसक जैकब मोटिकलाई फ्रान्सविरुद्ध आगामी आईतबार हुने फाईनलको चुनौतीबारे सोधिएको थियो, तर उसमा त्यस खेलबारे कुनै चिन्ता थिएन । किनकी उसले भखैरै मात्र देखेको थियो कि उसको टिम फाईनल पुगेको थियो । जसको उसलाई विश्वास लागिरहेको थिएन ।
उसले भनेको थियो, ‘तपाई लुका मोड्रिचलाई चिन्नु हुन्छ नि ? उ बारुदी सुरुङकाबीच फुटबल खेल्दथ्यो । उ जस्तै हामी पनि डराएका छैनौ ।’
१७ बर्षका यि प्रशंसक ९० को दशकमा आफ्नो देशको जन्मको कथा सुनेर ठुलो भएको हुनपर्छ । हुनत, उनको प्रतिक्रिया एक कल्पना हो, तर त्यो वास्तविकता भन्दा धेरै टाढा थिएन ।

मोड्रिच, केही फुटबल खेलाडीमा एक हुन्, जो क्रोएसियाली फुटबलमा स्वर्णीम कथा लेख्न लागेका छन् ।
उनी र उनका टिमका केही खेलाडीले आफ्नो बाल्यकालमा हिस्रक संघर्ष र सन् १९९१ को युगोस्लाभियाको पतनलाई देखेका छन् ।
स्लोभेनिया र क्रोएसियाको एकतर्फी स्वतन्त्रताको घोषणापछि युगोस्लाभियाको सेनाले घातक प्रतिक्रिया जनायो । त्यस क्रममा पुरै क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाको कारण सोही टिमका एक अन्य साथी बेद्रन कोर्लुकालाई समेत क्रोएसियामा एक शरणार्थीको रुपमा बस्न परेको थियो ।
अन्य धेरै मानिसलाई देश छाडेन जान परेको थियो । जस्तै इभान राकिटिचको बिषयमा समेत यस्तै भयो । उनी आफ्नो परिवार सहित स्विटजरल्याण्ड गएर बस्न पर्यो ।
क्रोएसियाबाट खेल्ने भन्दा पहिला रियल मड्रिडका स्टार मोड्रिचले स्विटजरल्याण्डको लागि जुनियर स्पर्धामा प्रतिनिधित्व गरिसकेका छन् । द प्लेयर ट्रिब्युनमा छापिएको एक लेखमा मोड्रिचले भनेका छन् , ‘बाल्यकालमा के भईरहेको छ भन्ने कुरा सम्झना मुस्किल थियो ।’
उनले स्विकार गरे, ‘मेरो आमा बुवाले मलाई र मेरो भाईसंग त्यो युद्धको बिषयमा बताउनु भएन । किनकी यसमा आफ्नो धेरै चाहने ब्यक्तिलाई गुमाएका थियौ । तर हामी भाग्यशाली रह्यौ ।’

आफ्नो बाल्यकालको दौरान विस्थापित एक अर्का खेलाडी मारियो मान्डुज्की रहेका छन् । जसको निर्णायक गोलको मदतले सेमिफाईनलमा इङ्ल्याण्डलाई पराजित गर्दै क्रोएसियाले जित निकालेको थियो । उनी जर्मनीमा आफ्नो परिवारसंग हुर्किएका थिए ।
तर, मोड्रिचलाई आफ्नो देशमा बस्न पर्यो । साचो यही हो कि, भलै प्रतिद्ध्रन्दीको रुपमा उनले बारुदी सुरुङको सामना गर्न त परेन तर सर्बियन सेनाको बमबारी सकिएपछि उनले जदार सहरका सडकमा फुटबल खेल्न पर्यो । तर, मोड्रिचलाई बच्चामा खतरनाक क्षेत्रमा जाने जोखिमका कारण शरणार्थी क्याम्पबाट धेरै टाढा जान प्रतिबन्ध थियो ।
सन् २००८ मा मोड्रिचले युद्धको बिषयमा भनेका थिए, ‘जब म ६ बर्षको थिए । त्यो निकै कठिन समय थियो । मलाई राम्रोसंग सम्झना छ । तर तपाई यसको बारेमा सोच्न नि चाहनु हुदैन ।’
उनले भने, ‘युद्धले मलाई बलियो बनायो । न मैले यसलाई सम्झनामा राख्न चाहन्छु । न त यसलाई भुलाउन चाहन्छु ।’
करिब ४१ लाख जनसंख्या रहेको क्रोएसिया १९५० मा ब्राजिललाई हराएर विश्वकप फाइनल पुग्ने उरुग्वेपछिको सबै भन्दा सानो देश हो ।
इङ्ल्याण्डविरुद्धको सेमिफाईनलको दिन जुटरजी पत्रिकाले एक सम्पादकीय प्रकाशित गरेको थियो । त्यसमा खेलाडीको रगत, पसिना र एकतासंग प्रतिस्पर्धा गर्ने बिषयमा लेखिएको थियो । सम्पादकीयमा लेखिएको थियो, ‘यदी मिलेर एक साथ काम गरेपछि छोटो देशले समेत ठुलो काम गर्न सक्छ ।’

३२ बर्षिया लुका मोड्रिचले आफ्नो करियरको यस स्तरमा पुग्नका लागि धेरै चुनौतीसंग लड्न परेको थियो । १९८५ सेप्टेम्बर ९ मा जन्मिएका मोड्रिच जब १० बर्षका थिए, त्यस समय प्रशिक्षकले कमजोर र लजालु हुनुको कारण उनले फुटबल खेल्न नसक्ने बताएका थिए ।
तर, एक पुराना प्रशिक्षकले उनलाई डायनामो ज्रेग्रेब क्लबसंग ट्रायलको ब्यवस्था मिलाएका थिए । १६ बर्षको उमेरमा मोड्रिचले डायनोमोसंग अनुबन्धन सम्झौता गरे । त्यसपछि उनको प्रर्दशनमा सुधार आयो र बल्ल उनी क्लब र देशका लागि खेल्न थालेका थिए ।
सन् २००६ मा मोड्रिचले अर्जेन्टिनाविरुद्ध खेल्दै अन्तराष्ट्रिय करियरको सुरुवात गरेका थिए । रुसी विश्वकपको सेमिफाईनललाई लिएर मोड्रचले आफ्नो देशका लागि १ सय १२ म्याच खेलिसकेका छन् ।
उनी इन्ग्लिश क्लब टोटनह्याममा सन् २००८ देखि २०१२ सम्म खेलेका थिए । उनी सन् २०१२ बाट स्पेनिस क्लब रियल मड्रिडका लागि खेलिरहेका छन् ।

मोड्रिच विश्वका सबै भन्दा मुल्यवान फुटबलर मध्यका एक हुन् जसले ६ पटक क्रोएसियाको फुटबलर अफ द ईयर चुनिएका थिए । उनी एक मात्र क्रोएसियाका फुटबलर हुन जसलाई फिफाले विश्व ११ को टिममा सहभागी गरेको छ ।