काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा अहिले नेपालले मलेसियाविरुद्व प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डीङ रोजेको छ । नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले खराब सुरुवात गरेको छ ।
९ ओभरमा झारिएको खेलमा मलेसियाले ४ ओभर सकिदा ४ विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।
नेपाल र मलेसियाले प्रतियोगितामा एक एक खेल खेलेका छन् । मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै शुखद सुरुवात गरेको थियो । नेपाल भने कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो ।
हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ५ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।