एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टेष्ट क्रिकेटको वरियता सार्वजनिक गरेको छ । भारतीय कप्तान विराट कोहली टेष्ट क्रिकेटको ब्याटिङतर्फ एक नम्बर वरियतामा रहेका छन् ।
न्युजिल्याण्डका कप्तान केन विलियम्स दोस्रो स्थान र भारतीय ब्याट्सम्यान चेतश्वर पुजारा तेस्रो स्थानमा छन् ।
कोहलीको रेटिङ अंक ९ सय २२ रहेको छ । कोहली न्युजिल्याण्डका विलियम्स भन्दा ९ अंकले अगाडी छन् । पुजाराको ८ सय ८१ अंक छ ।
टिमको वरियतामा भारत पहिलो, न्युजिल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, ईङ्ल्याण्ड चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा छ ।
बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजा शीर्ष १० वरियतामा परेका छन् । अश्विन आठौं र जडेजा दशौ नम्बरमा छन् ।
ईङ्ल्याण्डका जेम्स एन्डरसन चोटका कारण आयरल्याण्डविरुद्वको चार दिवसीय टेष्टबाट बाहिर भएका छन् । उनी वरियताको दोस्रो नम्बरमा छन् ।
पहिलो स्थानमा अष्ट्रेलियाका पाट कमिन्स रहेका छन् । एन्डरसन उनी भन्दा १६ रेटिङ अंकले पछाडी छन् ।
टेष्टको अलराउण्डरतर्फ भारतका जडेजा शीर्ष खेलाडी हुन् । उनी तेस्रो स्थानमा छन् । वेस्ट ईन्डिजका कप्तान जेसन होल्डर ४ सय ३ अंक सहित पहिलो स्थानमा छन् ।
बंगलादेशका शकिब अल हसन दोस्रो स्थानमा छन् । उनको रेटिङ अंक ३ सय ९९ हो । जडेजाको ३ सय ८७ अंक छ ।