काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा घरेलु टोली सिंगापुर र कुवेतबीचको खेल रद्द भएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा वर्षाको कारण सिंगापुर र कुवेतबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै सिंगापुर र कुवेतले एक एक अंक बाडेका छन् ।
एसिया फाइनलमा सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सिंगापुरले २ खेलमा ३ अंक जोडेको छ । कुवेतले २ खेलबाट १ अंक जोडेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् ।
फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ ।
यस्तै मलेसियाले १ खेलमा २ र कतारले २ खेलमा २ अंक जोडेको छ । प्रतियोगितामा नेपालले मात्र अंक जोड्न सकेको छैन । १ खेल खेलेको नेपाल पुछारमा रहेको छ ।
मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् ।
फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।