काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ । र, कतारविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ ।
नेपालका बसन्त रेग्मीको बलिङमा कतारका इनाम उल हक ४१ रनमा रन आउट भए ।
कतारले १४ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ९७ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।