काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ । र, कतारविरुद्ध नेपाललाई चौंथो सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेले कतारका जाहिर इब्राहिमलाई १२ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाएका हुन् । कतारविरुद्ध सन्दीपको यो तेस्रो विकेट हो ।
कतारले १२ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ८६ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।