काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ । र, कतारविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेले कतारका मुहमद तानभिरलाई ११ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाएका हुन् । सन्दीपको यो दोस्रो विकेट हो ।
कतारले १० ओभरको खेल सकिदा ३ विकेट गुमाएर ६८ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।