एजेन्सी । स्टोक सिटीका स्विस मिडफिल्डर सेरडान शाकिरीलाई लिभरपुलले क्लबमा भित्राएको छ । शाकिरी र लिभरपुलले शुक्रबार राती ५ बर्षे सम्झौता गरेका छन् ।
२६ बर्षीय शाकिरीलाई लिभरपुलले १३ मिलियन पाउण्डमा क्लबमा भित्राएको हो । लिभरपुलमा शाकिरीले २३ नम्बर जर्सी लगाउने छन् । स्टोक सिटी यो सिजन रेलिगेसनमा परेपछि शाकिरीले क्लब छाडेका हुन् ।
लिभरपुलमा आबद्द भएपछि शाकिरीले आफु निकै खुसी रहेको र उपाधि जित्न क्लब आएको बताएका छन् । लिभरपुलसंग सम्झौता गरेपछि उनले भनेका छन्, 'एक खेलाडीको रुपमा तपाई सधै फुटबलको ठुलो स्थान चाहन्छु हुन्छ । मैले केहि बर्ष अघि यहाँ आउन चाहेको थिए । अन्तत म यहाँ आएको छु । म निकै खुसी छु । म आफूलाई सुधार गर्दै जानेछु, क्लबको लागि राम्रो गर्नेछु र म उपाधि जित्न चाहन्छु ।'
शाकिरीले गत सिजन स्टोकबाट ८ गोल गरेका थिए । उनी सन् २०१५ मा इटालियन क्लब इन्टर मिलानबाट स्टोक आएका थिए ।
रुसमा जारी विश्वकपमा स्विजरल्याण्डलाई अन्तिम १६ मा पुर्राउन शाकिरीले महत्वपूर्ण भूमिका खेलेका थिए । सर्बियाविरुद्ध शाकिरीले निर्णायक गोल गरेका थिए । तर, अन्तिम १६ मा स्विजरल्याण्ड स्विडेनसंग पराजित भएको थियो ।